*कबीर साहेबजीको शिक्षाहरू*
गरीब,जल थल पृथ्वी गगन में,बाहर भीतर एक।
पूर्णब्रह्म कबीर हैं,अविगत पुरुष अलेख।।
अनुवाद :- गरीबदासजी महाराज भन्नुहुन्छ कि जल , थल , पृथ्वी , आकाश सर्वत्र सृष्टिको भित्र र बाहिर सबैतिर कबीर परमात्मा सर्वव्यापक हुनुहुन्छ । पूर्णब्रह्म परमात्मा कबीर साहेब हुनुहुन्छ । उहाँ अविगत , अवर्णनीय र अझात भगवान हुनुहुन्छ ।
.दोहा :- संख जुगन जुग जगत में, पद प्रवानि है न्यार।
गरीबदास,कबीर हरि, अविगत अधरि अधार।।
गरीबदासजी भन्नुहुन्छ - कैयन संख युगदेखि यो संसारमा कबीर साहेब भक्तिको पदबाट सतलोक प्राप्त गराउने परमात्मा हुनुहुन्छ । उहाँ सबभन्दा असल सर्वोच्च परमात्मा हुनुहुन्छ । गरिबदासजीले यो पनि भन्नुभएको छ कि कबीर साहेब नै बास्तविक हरि हुनुहुन्छ जो अविगत , सर्वोच्च पदमा प्रतिष्ठित भई सबका आधार हुनुहुन्छ ।
3)बिना विवेक से गीता बांचे, चेतन को लगी नहीं चटकी।
कहें कबीर सुनो भाई साधो, आवागमन में रिया भटकी।।
भावार्थ: कबीर साहेब भन्नुहुन्छ - यदि हृदयमा विवेक र वैराग्य उदय भएको छैन भने गीता पढेर मात्र उसको भलो हुन सक्दैन । जबसम्म मनलाई सत्यको झटका लाग्दैन र हाम्रो चेतना पूर्ण रूपले जागृत हुँदैन तबसम्म आत्मा परमात्माको अनुभूति हुँदैन । कबीर साहेब भन्नुहुन्छ - मन नै वंधन हो र साथै मोक्षको मूल कारण पनि मन नै हो । जबसम्म मनलाई नियन्त्रणमा राखिंदैन र आत्माको अनुभूति गरिंदैन तबसम्म संसारमा आवागमनको चक्र समाप्त हुँदैन । आत्माद्वारा नै परमात्माको पनि अनुभूति प्राप्त हुन्छ ।
4)कबीर, जिव्हा तो वोहे भली, जो रटै हरि नाम।
नहीं तो काट के फैंक दियो, मुख में भलो ना चाम।।
कबीर, राम रतन कोढ़ी भलो, चूं-चूं करे जो चाम।
वह सुंदर महल(शरीर) किस काम का, जा मुख्य नाही राम!!
5)कबीर चारभुजा के ��जन में, भूलि परे सब संत।
कबीरा सुमिरै तासु को, जाके भुजा अनंत।।
कबीर साहिबजी भन्नुहुन्छ - सबै सदग्रन्थहरूमा मेरो नै महिमा को बयान छ तथा मलाई नै पूर्ण परमात्मा भनिएको छ । तर हिंदू तथा मुस्लिम धर्मका अज्ञानी गुरुहरूद्वारा मानिसहरूलाई भ्रमित गर्ने काम भइरहेको छ ।
6)हिन्दू मुस्लिम दोनों भुलाने, खटपट मांय रिया अटकी |
जोगी जंगम शेख सेवड़ा, लालच मांय रिया भटकी।।
भावार्थ: हिन्दू तथा मुस्लिम दुवै आज ईश्वर भक्तिको मार्गबाट दिग्भ्रमित हुनपुगेका छन् किनकि यिनीहरूलाई सही बाटो देखाउने मान्छे छैन । पंडित , मौलवी , योगी र फकीर सबै
सांसारिक मोहमाया र धनको लोभमा फंसेका छन् । सच्चा भक्ति मार्गको ज्ञान उनीहरू स्वयंलाई छैन भने त्यस अवस्थामा जनसाधारणलाई त्यस्ताले कसरी सच्चा ज्ञान दिन सक्छन् ?
7)लाडू लावन लापसी, पूजा चढ़े अपार।
पूजी पुजारी ले गया, मूरत के मुह छार।।
भावार्थ: कबीर साहेबले हजारौं बर्ष अगाडि मन्दिरहरूको घोटालाका विषयमा बताउनुभएको थियो कि भक्तहरूले चढाउने सम्पूर्ण राशि तथा जिन्सीहरू ब्राह्मण-पुजारीले लिएर जान्छन् र भगवानको भागमा केही रहँदैन । त्यसकारण मंदिरहरूमा ब्राम्हण पूजारीलाई दान दिने काम बन्द गर ।
8)नारी निन्दा ना करो, नारी रतन की खान
नारी से नर होत है, ध्रुब प्रहलाद समान ।
कबीर साहेबले नारीको महत्ताका बारेमा भन्नुभएको छ कि
नारीको निंदा गर्नुहुन्न किनभने नारीबाट नै पुरुषरत्नहरू जन्मिन्छन् । ध्रुव र प्रह्लादजस्ता महापुरुषहरू नारीकै गर्भबाट निस्केका हुन् ।
9)जो गल काटै और का, अपना रहै कटाय।
साईं के दरबार में, बदला कहीं न जाय॥
भावार्थ: जुन मानिसले कुनै जीवको गर्दन छिनाउँछ उसले पछि गएर आफ्नो पनि गर्दन छिनेको भोग्नुपर्छ । परमात्माको दरबारमा कर्मको फल अवश्य मिल्छ । आज हामी जुन जीवलाई मारेर खान्छौं आर्को जन्ममा उसले हामीलाई मारेर खान्छ ।
10)वेद पढ़ें पर भेद ना जानें, बांचें पुराण अठारा।
पत्थर की पूजा करें, भूले सिरजनहारा।।
भावार्थ- वेद तथा पुराणहरूको यथार्थ ज्ञान नभएको कारणले हिन्दू धर्मका धर्मगुरुहरूलाई सृजनहार अर्थात् परम अक्षर ब्रह्मको ज्ञान नै छैन । त्यसउसले उनीहरू ढुंगाको पूजा गर्छन् र सतगुरुको अभावमा उनीहरू वेदहरूलाई भट्याए पनि तिनको सही ज्ञानसित परिचित छैनन् ।
11)कबीर, तिल भर मछली खायके, कोटि गऊ दे दान ।
काशी करौंत ले मरै, तो भी नरक निदान।।
कबीर साहेबले यो वाणीमा सम्झाउनुभएको छ कि अलिकति (तिल जत्रो सानो टुक्रा ) भए पनि जसले मासुमाछा खाएर भक्ति गर्छ उसले एक करोड़ गाय दान गरे पनि त्यस्तो साधकको साधना व्यर्थ हुन्छ । मांसाहारी मानिसले
काशीमा करौंतले गर्दन छिनाए पनि नरक भोगबाट बच्न सक्दैन ।
12)जब लग आशा शरीर की, मिरतक हुआ न जाय |
काया माया मन तजै, चौड़े रहा बजाय ||
कबीर परमेश्वरले बताउनुभएको छ कि जबसम्म जीवलाई आशा र आसक्ति रहिरहन्छ तबसम्म कसैले मनमाथि नियन्त्रण गर्न सक्दैन । त्यसकारण शरीरको मोह र मनको वासनालाई हटाएर सत्संग रूपी मैदानमा आउनुपर्छ ।
13)तिनका कबहूँ ना निंदिये, जो पाँव तले होय।
कबहूँ उड़ आँखों मे पड़े, पीर घनेरी होय ।।
कबीर साहेबले हामीलाई सम्झाउँदै भन्नुभएको छ कि त्यान्द्रोलाई सानो ठान्नु हुँदैन । हाम्रो खुट्टामुनि थिचिएको सुकेको त्यान्द्रो पनि कहिलेकांही उडेर हाम्रो आँखाभित्र पस्यो भने असह्य पीडा हुन्छ ।
14)भक्त मरे क्या रोइये, जो अपने घर जाय ।
रोइये साकट बपुरे, हाटों हाट बिकाय ॥
अर्थ : जसले आफ्नो कल्याणकारी अविनाशी घरलाई प्राप्त गरेको छ त्यस्तो भक्तले शरीर त्याग्दा किन रुने ? बरु , बिचरा अभक्त , अज्ञानीहरूको मृत्युमा रोऊ किनकि उनीहरू मृत्युपछि चौरासी लाख योनिको बजारमा बिक्री हुन गइरहेका छन् ।
15)जीवन में मरना भला, जो मरि जानै कोय |
मरना पहिले जो मरै, अजय अमर सो होय ||
अर्थ : जिउँदै मर्नु राम्रो हो यदि कसैले मर्न जानेको छ भने
। मर्नुभन्दा पहिले नै जो मर्छ त्यो अजर अमर भइहाल्छ । शरीर छँदै जसको समस्त अहंकार समाप्त हुन्छ त्यो व्यक्ति वासनाविजयी बनेर जीवनमुक्त हुनजान्छ !
16)पानी केरा बुदबुदा, अस मानुस की जात।
एक दिन छिप जाएगा, ज्यों तारा परभात।।
अर्थ- हाम्रो जीवन पानीको फोका जस्तो छ । जसरी राति आकाशमा देखिने ताराहरू बिहान देखा पर्दैनन् ठीक त्यसरी नै हाम्रो शरीर पनि एक दिन समाप्त भएर जान्छ ।
17)कबीर, नौ मन सूत उलझिया, ऋषि रहे झख मार।
सतगुरू ऐसा सुलझा दे, उलझे न दूजी बार।।
भावार्थ :- परमेश्वर कबीरजीले भन्नुभएको छ कि अध्यात्म ज्ञानरूपी नौ मन धागो गुजुल्टिएको छ । एक केजी गुजुल्टिएको धागोलाई मिलाउन एक दिनभन्दा पनि बढी समय जुलाहाहरूलाई लाग्दथ्यो । यदि धागो मिलाउँदा मिलाउँदै धागो चुँडियो भने त्यसलाई जोडदा गाँठो पर्थ्यो । गाँठो भएको कपड़ा कसैले किन्दैनथ्यो । त्यसकारण परमेश्वर कबीरले जुलाहाको सटीक उदाहरण दिएर सम्झाउनुभएको छ कि धेरै गुजुल्टिएको धागोलाई कसैले सुल्झाउँदैनथ्यो । अध्यात्म ज्ञान त्यही नौ मन गुजुल्टिएको धागो जस्तै हो जसलाई सतगुरु अर्थात् तत्वदर्शी संतले यस्तो सहज तरीकाले सुल्झाउनुहुन्छ कि त्यो फेरि कहिल्यै गुजुल्टिने छैन ।
18)जो गल काटै और का, अपना रहै कटाय।
साईं के दरबार में, बदला कहीं न जाय॥
भावार्थ: जुन व्यक्तिले कुनै जीवको गर्दन छिनाउँछ उसले पछि गएर आफ्नो पनि गर्दन छिनाउनु पर्नेछ । परमात्माको दरबारमा कर्मको फल अवश्य भोग्नुपर्छ । आज हामी जुन जीवलाई मारेर खान्छौं अर्को जन्ममा त्यो जीवले हामीलाई मारेर खान्छ ।
19)मानुष जन्म दुर्लभ है, मिले न बारम्बार ।
तरवर से पत्ता टूट गिरे, बहुरि न लागे डारि ।।
भावार्थ: परमात्मा कबीरजीले हिन्दू तथा मुस्लिम दुबैलाई मनुष्य जीवनको महत्ता सम्झाउँदै भन्नुहुन्छ कि मनुष्य जीवन पाउनु कठिन छ । यो शरीर हामीलाई बारम्बार प्राप्त हुँदैन ।
जुन फल रुखबाट तल झर्छ त्यो फल फेरि त्यही हाँगामा लाग्दैन । यसै गरी मानव शरीर छुटेपछि दोहोराएर मनुष्य जन्म
सजिलैसित मिल्दैन र अनि पछुतो गर्नुको सिवाय अरु कुनै उपाय बाँकी रहँदैन ।
20)कबीर, कागद केरी नाव री, पानी केरी गंग।
कहे कबीर कैसे तिरे, पांच कुसंगी संग।।
भावार्थ: यो शरीर कागज झैं नाशवान छ जो संसार रुपी नदीका इच्छा वासनाहरूमा डुबेको छ । जबसम्म पांच विकार (काम, क्रोध, लोभ, मोह, अहंकार) माथि नियंत्रण गरिंदैन तबसम्म संसारबाट मुक्ति मिल्दैन ।
1 note
·
View note