Tumgik
#रीताकुमारी मिश्र
mrupadhyaysworld · 2 years
Text
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवारलाई २५४१ मतको अग्रता, उपमेयरमा कांग्रेस अगाडि
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवारलाई २५४१ मतको अग्रता, उपमेयरमा कांग्रेस अगाडि
७ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता बढाउँदै लगेका छन् । उनले आठ हजार ४३६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पाँच हजार ८९५ मत ल्याएका छन् भन् तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले तीन हजार ४० मत पाएका छन् । चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 6 years
Text
जनकपुर उपमहानगरपालिकाले कर घटाउने
३१ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली कांग्रेस नगर समिति, उद्योग वाणिज्य संघ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो ।
उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेस नगर समिति भदौ ७ गतेदेखि आन्दोलन गर्दै आएको थियो । उपमहानगरपालिका र नेपाली कांग्रेस नगर समितिबीच भएको सहमतिअनुसार वृद्धि गरिएका करको अध्ययन गरी संशोधनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
नगर समितिका सभापति मनोज साहले उपमहानगरपालिकाको आर्थिक ऐन, २०७५ ले निर्धारण गरेका कर, गैरकर तथा सेवा शुल्कका दरमा संशोधन प्रयोजनका लागि यथाशीघ्र कार्य प्रक्रिया अघि बढाई कार्यान्वयन गर्ने दुवै पक्षबीच सहमति भएको बताए।
छलफलमा नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रीताकुमारी मिश्र, नेपाली कांग्रेसका पदाधिकारी र उद्योग वाणिज्य संघका महासचिव जितेन्द्रकुमार महासेठको सहभागिता थियो ।
0 notes